चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको खाग भेटियो

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष २३ गते १०:३६
चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको खाग भेटियो

चितवन, २३ पुस । चितवन राष्ट्रिय निकुञ्जमा बेवारिसे अवस्थामा गैँडाको खाग भेटिएको छ । निकुञ्जको मेघौलीमा खाग भेटिएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृृत अणनाथ बरालका अनुसार बूढीराप्ती घोल क्षेत्रमा वयष्क गैँडाको खाग भेटिएको हो ।

दुईवटा भाले गैँडा एक आपसमा जुधेर गैँडाको खाग भाँच्चिएको उनले बताए । खाग भेटिएपछि गैँडाको खोजी गरिएको थियो । अन्दाजी २० वर्षको गैँडा खागविहीन अवस्थामा भेटिएको उनले जानकारी दिए ।

गैँडाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । भाले गैँडा एकापसमा जुधेर मर्नेसमेत गर्दछन् । मुख्यरूपमा पोथीसँगको संसर्गको समयमा भाले जुध्ने गर्छन् । निकुञ्जमा यस आर्थिक वर्षमा मात्रै चारवटा गैैँडा तस्करले मारेको अवस्थामा भेटिएका छन् ।

यससँगै निकुञ्ज सुरक्षामा निकैै कडाइ गरिएको छ । १५ वर्र्षभन्दा बढि समयदेखि फरार दुर्ई अभियुक्त हालै पक्राउ परेका छन् । दुर्लभ एकसिङ्गे गैँडाको लागि निकुञ्ज विश्वमै प्रख्यात छ ।-फाईल तस्बिर

 

प्रकाशित : २०७७ पुष २३ गते १०:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI