माझी ,मुसहर ,बोटे समुदायका ४० घरपरिवारलाई न्यानो कपडा वितरण

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ ९ गते १६:३१
माझी ,मुसहर ,बोटे समुदायका ४० घरपरिवारलाई न्यानो कपडा वितरण

राजु चापागाईं/कावसोती । पुर्वी नवलपरासीको कावासोती १३ का माझी ,मुसहर ,बोटे समुदायका ४० घरपरिवारहरु लाइ कपडा, फाइबर सिरक, डसना , झुल र तन्ना वितरण गरिएको छ ।

शुक्रबार कावासोती नगरपालिका वडा नं १३ को समन्वयमा पोखरा हार्डवर एसोसियसन कास्किको आर्थिक सहयोगमा करिब १ लाख २० हजार बराबरको सो सामाग्री वितरण गरिएको हो ।

न्यानो कपडा वितरण कार्यक्रम नवलपुर जिल्ला प्रशासनका प्रशासकिय अधिकृत आनन्द प्रसाद भुसालको प्रमुख आतिथ्यता तथा एसोसियसनका अध्यक्ष शेसकान्त ढकालको अध्यक्षता र कावासोती १३ का वडा अध्यक्ष बिनोद रानाको सभागितामा सम्पन्न भएको हो ।

कार्यक्रममा एसोसियसनका सल्लाहकार , निवर्तमान अध्यक्ष लगायत पधाधिकरिहरु एवं कावसोती नगरपालिका वडा न १३ का जनप्रतिनिधि ,पत्रकारहरु उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७७ माघ ९ गते १६:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI