लागू औषध सहित बागलुङका दुई युवा कावासोतीमा पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ ९ गते २०:३०
लागू औषध सहित बागलुङका दुई युवा  कावासोतीमा पक्राउ

कावासोती । पुर्वी नवलपरासीको कावासोतीमा लागू औषध सहित बाग्लुङका दुई जना युवक पक्राउ परेका छ्न ।

पुर्व पश्चिम राजमार्गको कावासोती खरकट्टामा सवारी साधन चेकजाँचको क्रममा पश्चिम बाट पुर्व तर्फ गईरहेको आउँदै गरेको ध.१.प ५६५१ नं.को  मोटरसाईकलमा सवार बागलुङ नगरपालिका वडा नं २ रुद्रेपिपल बस्ने संगम बस्याल र जिवन के.सीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ ।

पक्राउ परेकाहरु बाट प्रतिबन्धित लागू औषध डाईजेपाम १०० एम्पुल, फेनारागन १०० एम्पुल र नुफिन १०० एम्पुल बरामद गरिएको हो । उनीहरुलाई लागु औषध तथा नियन्त्रण ऐन २०३३ बमोजिम कसुर अन्तर्गत कार्वाहीको प्रक्रिया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिएका छ्न ।

प्रकाशित : २०७७ माघ ९ गते २०:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI