कावासोती नगरपालिकाको विभिन्न वडामा मंगलबार विद्युत अवरुद्ध हुने

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ १९ गते १६:३८
कावासोती नगरपालिकाको विभिन्न वडामा मंगलबार विद्युत अवरुद्ध हुने

कावासोती । कावासोती नगरपालिकाको विभिन्न स्थानमा मंगलबार  विद्युत   अवरुद्ध हुने भएको छ ।

प्रगतिनगर फिडर अन्तर्गत पर्ने कावासोती नगरपालिकाको वडा नं ८ को फलफुल चोक, निउरे चोक र धौलागिरी चोक क्षेत्र, वडा नं ७ को साँढ, टरुवा र बद्रुवा क्षेत्र, वडा नं १० को मगरकोट, रतौल , चिलाहा क्षेत्र र वडा नं १३ को कुश्नहरी , लौखानी र खरकट्टा क्षेत्रमा मंगलबार बिहान ८ बजे देखी १२ बजे सम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणको कावासोती शाखाले जनाएको छ ।

कावासोती-८ को धौलागिरी चोकमा विद्युत लाईन ममर्त गर्नु पर्ने भएकाले विद्युत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

प्रकाशित : २०७७ माघ १९ गते १६:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI