झाँक्रीको पक्राउले सरकारको अधिनायकवादी चरित्र उदांगो भयो : रामचन्द्र पौडेल

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ २९ गते १६:०१
झाँक्रीको पक्राउले सरकारको अधिनायकवादी चरित्र उदांगो भयो : रामचन्द्र पौडेल

काठमाडौं  : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर आफ्नो अधिनायकवादी चरित्र उदांगो पारेको बताएका छन् ।

नेता पौडेलले ट्विट गर्दै संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले नाङ्गो हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

नेता पौडेलले झाँक्रीलाई पक्राउ गरिएको घटनाको घोर भत्सर्ना गर्दै उनलाई बिनाशर्त रिहा गर्नपनि सरकारसँग माग गरेका छन् ।
प्रकाशित : २०७७ माघ २९ गते १६:०१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI