प्रकृतिद्वारा सञ्चालनको २६औँ वर्ष प्रवेशको अवसरमा नि:शुल्क शैक्षिक सामग्री वितरण

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन ४ गते २०:०१
प्रकृतिद्वारा सञ्चालनको २६औँ वर्ष प्रवेशको अवसरमा नि:शुल्क शैक्षिक सामग्री वितरण

कावासोती । कावासोतीमा रहेको प्रकृति पुस्तक पसलले पुस्तक पसल सञ्चालनको २६ औँ बर्ष प्रवेश गरेको अवसरमा निशुल्क शैक्षिक सामग्री वितरण गरेको छ ।
सरस्वती पूजाका दिन जिल्लाका सरकारी विद्यालयमा आक्षारम्भ गर्न आउने साना बाबुनानीहरुलाई वितरण गरेको शैक्षिक सामग्री व्यवस्थापक गीता पराजुलीले बताउनु भयो ।

पुस्तक दिवस र आफ्नो पसल सन्चालन एकै दिन परेकोले प्रत्येक बर्ष निशुल्क सामग्री वितरण गर्ने गरेको पराजुलीले बताउनु भयो ।
यो बर्ष सरकारी विद्यालयमा करिब पाँच सय बालबालिकालाई सामग्री वितरण गरेको हो ।
जिल्लाका १७ सामुदायक विद्यालयमा सामग्री वितरण गरिएको छ

प्रकाशित : २०७७ फागुन ४ गते २०:०१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI