चार डलरमै भारतबाट कोरोनाको कोभिशिल्ड खोप किन्दै नेपाल

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन ५ गते ८:०८
चार डलरमै भारतबाट कोरोनाको कोभिशिल्ड खोप किन्दै नेपाल

काठमाडौं । सरकारले कोरोना भाइरस विरुद्धको कोभिशिल्ड खोप सहुलियत दरमा किन्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले प्रति डोज मात्र चार डलरको दरमा २० लाख डोज खरिद गर्न लागिएको बताएका छन् ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले खोप खरिद गर्न बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने निर्णय गरेपछि खोप ल्याउन लागिएको मन्त्री त्रिपाठीले बताए । उनले सार्वजनिक खरिद ऐनको प्रावधानले खोप खरिदका क्रममा बाधा अड्काउ देखिएपछि त्यो फुकाउने कार्य मन्त्रिपरिषद्ले गरेको जानकारी दिए ।

मन्त्री त्रिपाठीका अनुसार अग्रिम भुक्तानी दिन सक्ने गरी बाधा अड्काउ फुकाउको निर्णय गरिएको हो । भारतीय कम्पनी सेरम इन्स्टिच्युटबाट उक्त कोभिशिल्ड ल्याउन लागिएको हो । अहिले त्यही कोभिशिल्ड १० लाख डोज भारतीय सरकारको अनुदानमा नेपाल सरकारले प्राथमिकताका आधारमा लगाइराखेको छ ।

मन्त्री त्रिपाठीले निकै सस्तो दरमा खोप ल्याउन लागेको भन्दै यो दरमा संसारमा कहीं पनि खरिद गर्न नपाइनेसमेत दाबी गरे । उनले ४ डलरमै काठमाडौं ल्याउने सहमति भएको बताए ।

उनले अन्य देशहरुसँग पनि खोप ल्याउनेबारे छलफल चलिरहेको बताए ।

प्रकाशित : २०७७ फागुन ५ गते ८:०८

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI