भागरथी हत्याका आरोपीको म्याद थपको तयारी

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन ५ गते १२:२७

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टविरुद्ध अनुसन्धानका लागि म्याद थपको तयारी भएको छ ।

उनलाई म्याद थपका लागि जिल्ला अदालतमा पेस गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । उनलाई आजै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने सुदूरपश्चिम प्रदेश प्रहरीका एसएसपी मुकेश सिंहले जानकारी दिए ।

स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–१२ मा अध्ययनरत् भागरथी गएको माघ २१ गते साँझसम्म विद्यालयबाट घर फर्केकी थिइनन् । उनी २२ गते बिहान कच्ची सडकको ५० मिटर भित्री क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन् । अनुुन्धानका क्रममा घटनामा दिनेशको संलग्नता खुलेपछि उनलाई हिजो पक्राउ गरिएको हो ।

प्रकाशित : २०७७ फागुन ५ गते १२:२७

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI