चितवनमा गएराति भएकाे आगलागीबाट ४५ लाखबराबरको क्षति

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन २२ गते १०:०२
चितवनमा गएराति भएकाे आगलागीबाट ४५ लाखबराबरको क्षति

चितवन, २२ फागुन । चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी भएको हो ।

आगलागीबाट करीब ४५ लाख बराबरको फर्निचर र काठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । विद्युत् चुहावट भएर आगलागी भएको उहाँले बताउनुभयो ।

राति ११ः१० बजे लागेको आगो १२ः३५ मा नियन्त्रणमा आएको थियो । भरतपुर महानगरपालिकाको दुई र खैरहनी नगरपालिकाको एक दमकलसँगै स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका छन् । -रासस

प्रकाशित : २०७७ फागुन २२ गते १०:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI