मङ्गल ग्रहमा पहिलो पटक गुड्यो पर्सिभिअरन्स् यान

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन २२ गते १८:४९
मङ्गल ग्रहमा पहिलो पटक गुड्यो पर्सिभिअरन्स् यान

एजेन्सी, २२ फागुन । मङ्गल ग्रहमा अमेरिकी अन्तरिक्ष निकाय नासाको पर्सिभिअरन्स् यान पहिलो पटक गुडेको छ ।यानले आफ्नो पाङ्ग्रा निकालेर मङ्गल ग्रहको सतहमा पहिलो परीक्षण यात्रा गरेको हो । सो रोबोटले छोटो यात्रा गरेको सङ्केत दिएको जनाइएको छ । बीबीसीका अनुसार एक टन वजन भएको रोबोट मङ्गल ग्रहको सतहमा ओर्लिएको दुई साता पूरा भइसकेको छ।

वैज्ञानिकहरूले दुई सातामा उक्त यानका थुप्रै प्रणालीलाई सक्रिय बनाएका छन् । यानले मङ्गल ग्रहमा कुनै बेला भएको हुन सक्ने जीवनको प्रमाण खोज्ने जनाइएको छ । ।

खोजका लागि यानले मङ्गल ग्रहको एक वर्ष (पृथ्वीको लगभग दुई वर्ष) मा १५ किलोमिटर यात्रा गर्ने अपेक्षा गरिएको बताइएको छ ।

प्रकाशित : २०७७ फागुन २२ गते १८:४९

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI