विश्वका दश ऐतिहासिक रहस्यहरु

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन २५ गते १७:०३
विश्वका दश ऐतिहासिक रहस्यहरु

विश्व रहस्यले भरिएको छ , र यी रहस्यहरु मध्ये केही अझै पनि रहस्यमय छन् किनभने कसैले पनि ती रहस्यहरु समाधान गर्न सकेका छैनन् ।

१. बर्मुडा ट्राएङगल
आन्ध्र महासागरको समपर्वित ठाउँमा पानीको चम्किलो , धार , प्रकाश र फिजहरु देख्न सकिन्छ र त्यस चम्किलो भागलाई बर्मुडा ट्राएङगल भनिन्छ । जसको क्षेत्रफल ३८ लाख बर्ग किलोमीटर र गहिराई १८०० किमि रहेको छ । बर्मुडा ट्राएङगलले शैतान सागर , रहस्यमय त्रिकोण , आन्ध्र महासागरको नर्कजस्ता नामले बिश्वमा चर्चा पाएको छ । किन बर्मुडा ट्राएङगललाई त्यस्ता नराम्रा शब्दले परिचित गराएको होला ? किनभने , आज भन्दा ५०० बर्ष अघि देखि त्यस क्षेत्रमा जहाजहरु , हवाईजहाजहरु बर्मुडा ट्राएङगल भनिने उत्तर एटलान्टिक महासागरको त्रिकोणिय क्षेत्रमा हराईरहेका छन् । त्यहाँ हराएका जहाज , हवाईजहाज त्यसमा सवार यात्रुको केही पनि अबशेषहरु अझै सम्म फेला पार्न सकिएको छैन । सोही कारणले बर्मुडा ट्राएङगल एउटा नसुल्झाईएको रहस्यमय क्षेत्र बनेको छ । थाहा छैन , यसले हालसम्म कतिवटा पानीजहाज हवाईजहाजलाई आफ्नो क्षेत्रमा समाईसकेको छ । एकपटक जुन बस्तु त्यसको सिमा क्षेत्रमा प्रवेश गर्दछ , त्यस बस्तुहरु अझैसम्म फर्केर आएका छैनन् ।

ब्रिटेनको एक टिभी च्यानलले आफ्नो केही बैज्ञानिकहरुले बर्मुडा ट्राएङगल एक प्रकारको खतरनाक छाल रहेको दाबी गरेको छ । अफ साउथेम्पटनका बैज्ञानिक सिल्मान कक्सलका अनुसार ” यो दक्षिणी र उत्तरी तुफान हो जो अचानक संगै आउँछ यश समयमा फ्लोरिडा बाट केही भयो भने यसले घातक छाल सृजना गर्छ “भनी प्रतिक्रिया दिएका थिए। यी डरलाग्दा छालहरु १०० फिटको उचाईसम्म पुग्न सक्ने बताएका थिए । अलास्कामा ११९५ मा सुनामिको समयमा १०० फिट अग्लो छाल रेकर्ड गरिको थियो , जुन अहिलेसम्मको सबैभन्दा उच्च उचाईको छाल तरङ्ग थियो । यिनै कारणले गर्दा त्यहा पुगेका जहाजहरु फिर्ता आउदैनन ।

२. भायोनिच पान्डुलिपी ( vayonich manuscript )
भायोनिच पान्डुलिपी लगभग २५० पृष्ठको १५ औ शताब्दीमा लेखिएको रहस्यमय पुस्तक हो । जुन पुस्तक अज्ञात वा कोडेड भाषामा लेखिएको छ । यो पुस्तक रमणीय लेखन शैली , अनौठो बोटबिरुवा र नाङ्गो पोट्र्ट चित्रहरुको समिश्रण हो । धेरै अनुसन्धानकर्ताहरु , रहस्यकर्ता र भाषाबिदहरुको लागि यो पुस्तक निकै चासोको बिषय बनिरहेको छ । दुर्भाग्यवश , अहिलेसम्म कोहि ब्यक्ति पनि यो पुस्तक पढ्न सफल भएको छैनन् । वास्तविक पुस्तकको नाम के हो ? को द्वारा लेखियो यसको बारेमा केही ठोस प्रमाण छैनन् । विलफ्रीड वायोनिचले यो पुस्तक १९१२ मा जेसुड अर्डरबाट किनेपछी भायोनिच मानुस्कृप्ट भनेर चिनिन लाग्यो । 2016 मा सिले नामक सानो स्पेनी कम्पनिले यस मानुस्कृप्ट ( पान्डुलिपी) को प्रतिलिपी उत्पादन गर्ने अधिकार प्राप्त गरेको थियो । हाल यो पुस्तक धेरै मानिसको पहुँचमा पुगिसकेको छ ।

३. जेएफकेलाई कसले मार्यो ?? (Who killed JFK)

यो सम्भवत अमेरिकी इतिहासको सबैभन्दा ठूलो रहस्य हो , जुन कसैको सन्तुष्टिमा कहिल्यै पनि समाधान हुन सक्दैन । नोभेम्बर १२ , १९६३ सालमा अमेरिकी रास्ट्रपति जोहन एफ क्यानेडिलाई सार्बजनिक स्थानमा गोलि हानी हत्या गरिएको थियो। लि हार्बिगिओ लाई जेएफकेको हत्यारा भनेर चिनिन्छ तर त्यस बखत लि हार्बिगियो जेएफकेको कार बाट निकै टाढा रहेको कारण उनी हत्यारा हुन नसक्ने प्रतिक्रिया केही ब्यक्तिहरु दिन्छन् । कोहि ब्यक्ति भने क्यानेडिको हत्या गरेर हार्बिगियो फरार भएको हुन सक्ने तर्क प्रस्तुत गर्छन । क्यानेडिलाई गोलि हान्दा त्यहा सर्बसाधरण जनता र पत्रकारहरु पनि संगै थिए । सबै घटनाहरु पत्रकारले कैद गर्दै थिए । गोलि चल्नासाथ ज्यानको सुरक्षाका लागि मानिसहरु भागाभाग गरिरहेका थिए । तर , क्यानेडिको नजिकै रहेकी चस्मा लगाएकी र पछौरा ओढेकी एक महिलाले हातमा क्यामेरा लिएर चारैतिरको दृश्य आफ्नो क्यामेरामा कैद गरिरहेको दृश्य पत्रकारले कैद गरिएको भिडियो मा देखिएको थियो । गोलि चली मानिसको भागाभाग हुदा पनि उनी आनन्द संग वरपरको दृश्य हेरिरहेकि हुन्छिन । पुलिसद्वारा तिनि महिला खोज्न निकै प्रयास गरियो तर प्रयास सफल हुन सकेन । मिडियामार्फत उनी महिलाले खिचेको फोटो प्रहरी केन्द्र मा बुझाईदिए हत्यारा पत्ता लगाउन सजिलो हुने कुरा जानकारी दिई अनुरोध गर्दा पनि उनि उपस्थित भएकी थिईनन । सोही कारणले केही अनुसन्धानकर्ताले उनको हातमा क्यामेरा नभई बन्दुक भएको र उनले नै रास्ट्रपति जेएफ क्यानेडिको हत्या गरेको तर्क प्रस्तुत गरेका थिए ! अझै पनि यो घटनाको रहस्यको बारेमा बिश्वमा चर्चा भईरहेको छ ।

४.रोङ्गोरोङ्गो स्कृप्ट ( RongoRongo Script)

रोङ्गोरोङ्गो स्कृप्ट एक प्राचीन भाषा हो । भाषाविदहरु यो भाषाको डिकोड गर्ने प्रयास गरिरहेका छन् तर अझै पनि सफल हुन सकिरहेका छैनन् । यदि कोहि कसैले पनि यो भाषाको बारेमा बुझ्न सके प्राचीन सभ्यताको बारेमा धेरै थाहा नभएका सत्य तथ्यहरु पत्ता लगाउनमा सजिलो हुनेछ । रोङ्गोरोङ्गो स्कृप्टलाई इस्टर आईसल्यान्डमा मा १९ औ सताब्दीको अन्त्यतिर पत्ता लगाएको थियो । त्यसमा जम्मा २० ओटा संकेत दिएको छ जुन संकेत सिन्धु घाँटी सभ्यताको चित्रसंग मेल खाएको छ । रोङ्गोरोङ्गो स्कृप्ट र सिन्धु घाँटी सभ्यताका का चित्रले के भन्न खोजिएको छ भनी बुझ्न अझै सम्म पनि सकिएको छैन ।

५. पेरु लिमा ( peru lima)
पेरु देशको राजधानी लिमाबाट ३५० किलोमीटरको दुरिमा एक रहस्यमय ठाउँ रहेको छ। जहाँ ८० किलोमिटर क्षेत्रफलमा एउटा ठूलो अचम्मको रेखा कोरिएको छ जसलाई नक्का लाईन भनिन्छ । यो रेखालाई २०० सालतिर बनाईको अनुमान गरिएको छ। जसमा ८०० वटा सिधा रेखा , ३०० वटा गणितीय रेखा र ७० वटा रेखामा जनावर , किराफट्याङ्ग्रा , र मानिसको आकृती देख्न सकिन्छ । ती आकृती यति विशाल बनाईएका छन् कि जस्लाई राम्रो संग बुझ्न जमिनबाट १००० मिटर माथी पुग्नुपर्छ । ती रेखा किन कोरिए ? के भन्न खोजिएको छ भन्ने बारे बुझ्न पुरातत्त्वविदहरुले सयांै बर्ष बिताईसकेका छन तर केही बुझ्न सकिरहेका छैनन् ।

६. मेरि सेलेस्टी ( mere celeste)

७ नोभेम्बर १८७२ मा न्युयोर्कबाट इटालीको जेनेभाको लागि मेरि सेलेस्टी जहाज हिडेको थियो । जहाज मा , कच्चा अल्कोहल , यात्रु , कप्तान एन्जोमेन र क्रु मेम्बर्सहरु सवार थिए । ७ डिसेम्बर १८७२मा ब्रिटिश जहाजका कप्तान टेडिग्रेडियाले मेरि सेलिस्टलाई पोर्चुगलको बीचमा भेटाएका थिए । जहाजमा राखिएको सारा समान , छ महिनाको लागि पुग्ने खाना , कच्चा अल्कोहल सबै समान सुरक्षीत थिए तर जहाजमा सवार यात्रु र जहाजका कागजपत्रहरु र लाईफ बोट भने फेला पार्न सकिएको छैन । जहाजमा सवार यात्रु के भए , कता हराए , केहि तथ्य पत्ता लगाउन सकिएन ! तर जहाज र जहाज मा राखिको अन्य समान भने सुरक्षीत र सकुशल भेटाईएको थियो ।

७. स्टोन्हेन्ज (stonehenge)

ब्रिटेनमा प्राचीनकालमा धेरै पत्थर हरु जोडेर एउटा गोलाकार आकृती बनाईएको छ । सलिसबरी प्लेन्स , साउथ इङ्ग्ल्यान्डमा अबस्थित स्टोन्हेन्जको उचाई १३ फिट रहेको छ भने निलो पत्थरबाट बनाईएको यो आकृती ५००० बर्ष पहिले निर्माण गरिको अनुमान गरिएको छ । प्राचीन कालका ब्यक्तिहरिले यो आकृती किन , के कारणले बनाएका थिए भन्ने प्रश्न को उत्तर आहिलेसम्म थाहा पाउन सकिएको छैन ।

८.सेफर्ड मोनुमेन्ट ( Sepherd monument )

१९७३ सालमा ईङ्ग्ल्यान्डमा एउटा स्मारक निर्माण गरिएको थियो । जसमा निकोलस पौसिनको पेन्टिङ द एक्राडिएन सेफर्ड पनि बनाईएको छ । त्यस पेन्टिङको ठिक तल दस अक्षरको कोड रहेको छ जुन बनेको २५० साल बित्दा पनि त्यसको अर्थ बुझ्न सकिएको छैन । चार्ल्स डार्विनले पनि त्यस कोड बुझ्न असफल रहेको कुरा बताईदै आईएको छ ।

९. श्रउड अफ टुरिन ( shroud of tourin)

श्रउड अफ टुरिन एउटा ऎतिहासिक कपडा हो । जुन ईटालिको सेन्ट नामक चर्चमा राखिएको छ । त्यस कपडामा एक मानिसको आकृती देख्न सकिन्छ जसलाई ईसा मसिहिको तस्बिर मानिन्छ । ईसा मसिहिलाई सुलि चढाएपछी उसलाई त्यही कपडामा बेरिएर राखिएको र त्यहाँ बनिएको आकृती इसा मसिहिको रहेको बिश्वास रहदै आएको थियो । तर अनुसन्धानकर्ताले त्यस कपडाको कार्बन डेटिङ गरेपछी कपडा १२ औ १३ औं शताब्दीको रहेको तथ्य पत्ता लागेको थियो । इसा मसिही भने २००० साल पहिल्यै जन्मिएका ब्यक्ती हुन् । अनुसन्धानकर्ताले अझै पनि त्यो कपडा कहाँ बाट ल्याईयो , त्यसमा देखिने आकृतिका ब्यक्ति को हुन् भन्ने कुराको रहस्य पत्ता लगाउन सकेको छैन।

१०.ज्याक द रिपर ( jack the ripper)

ज्याक द रिपर इतिहासको सबैभन्दा प्रख्यात सिरियल किलर अपराधी मध्येको एक घटना हो । सन १८८८ नोभेम्बर देखि अक्टोबरको बीचमा लन्डन को व्हाईटपल भन्ने जिल्लामा एक – एक गर्दै पाँचजना महिलाको हत्या एकै किसिमबाट गरिएको थियो। पुलिसद्वारा ती महिलाहरुको हत्या किन र के कारण ले गरियो भनी धेरै अनुसन्धान हुदा पनि कारण र हत्यारा पत्ता लगाउन सकिएन । तर , केहिसमयपछी एउटा रहस्यमय पत्र बाहिरीएको थियो । जसमा पाँच महिलाको हत्यारा आफू रहेको स्वीकार्य गरिएको थियो र त्यस पत्रमा लेखकले आफ्नो नाम ज्याक द रिपर रहेको खुलाएका थिए । पुन प्रहरीको अनुसन्धान र छानबिन पश्चात पत्र झुठो रहेको स्पष्ट भएको थियो । यो घटना आज सम्म पनि बिश्वभर ज्याक द रिपर भनी परिचीत छ । घटना घटेको आज सम्म १३० बर्ष बितिसकेको छ तर पनि यो घटना अझै रहस्यमय र चासोको बिषय बनेको छ ।

संकलन : सुदिक्षा लम्साल

प्रकाशित : २०७७ फागुन २५ गते १७:०३

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI