आजको मौसमः चट्याङसहित वर्षाको सम्भावना

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत १ गते ७:५३
आजको मौसमः चट्याङसहित वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुका मौसम सामान्यतया सफा रहेको छ ।

यसैगरी, आज दिउँसो देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुका मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै, बागमती प्रदेश र प्रदेश नं १ का पहाडी भूभागका एक/दुइ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी, देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुका मौसम सामान्यतया सफा रहने छ ।

त्यस्तै, गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भूभागका एक/दुइ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित : २०७७ चैत १ गते ७:५३

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI