यस्तो थियो २ हजार वर्ष पहिले बनेको विश्वकै पुरानो ‘कम्प्युटर’

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत ५ गते १९:२८
यस्तो थियो २ हजार वर्ष पहिले बनेको विश्वकै पुरानो ‘कम्प्युटर’

काठमाडौं । विश्वकै सबैभन्दा पुरानो कम्प्युटर मानिएको एन्टिकिथेरा मेकानिजम (यन्त्र)को रहस्य पत्ता लागेको छ । दुई हजार वर्ष पुरानो उक्त यन्त्रले कसरी काम गर्दथ्यो भन्ने विषय वैज्ञानिकले हालै मात्र पत्ता लगाएका हुन् ।

उनीहरुले उक्त कम्प्युटरको काम गर्ने प्रक्रियाको विषयमा पत्ता लगाएर त्यसको डिजाइन नै तयार पारेको बताइएको छ । रोमनकालको उक्त यन्त्र सन् १९०१ मा ग्रीसमा बिग्रिएको एउटा पानीजहाजको भग्नावशेषमा फेला परेको थियो ।

दुई हजार वर्ष पुरानो यन्त्र फेला परेसँगै वैज्ञानिक चकित परेका थिए । हातले दम दिएर चलाउनुपर्ने उक्त उपकरण त्यसबेला ग्रहण र अन्य खगोलीय घटनाको गणना लगायतका विषयका लागि प्रयोग भएको अनुमान गरिएको छ ।

Image shows a piece of the Antikythera Mechanism at museum in Greece

भेटिँदा उक्त उपकरणको एकतिहाइ भाग मात्र बाँकी रहेको थियो । जसले गर्दा अनुसन्धानकर्तालाई सग्लो अवस्थामा उक्त उपकरण कस्तो देखिन्थ्यो र त्यसले कसरी काम गर्दथ्यो भन्ने कुरा अध्ययनको विषय बनेको थियो ।

यो उपकरणको पछाडिको भागको विषयमा यसअघि भएको अध्ययनले पनि धेरै कुरा पत्ता लगाउन सफल भएको थियो । तर, उक्त उपकरणमा रहेको गियर मेकानिजमको विषय भने रहस्यमय थियो ।

सोही मेकानिजमको विषयमा यूनिभर्सिटी कलेज लन्डनका वैज्ञानिकहरूले भर्खरै नयाँ रहस्य पत्ता लगाएका हुन् । उनीहरुले ले थ्रीडी कम्प्युटर मोडलिङ प्रयोग गरेर त्यसको रहस्य पत्ता लगाउन सफल भएको जनाइएको छ ।

Computer model of the mechanism’s gears

गियर मेकानिजमको रहस्य पत्ता लागेसँगै उनीहरूले उक्त उपकरणको अग्रभागको पूरै प्रारूप तयार पारेका छन् । उनीहरुले अब आधुनिक सामग्री प्रयोग गरेर एन्टिकिथेरा यन्त्रको प्रतिलिपि तयार गर्न सकिने समेत बताएका छन् ।

शुक्रबार ‘साइन्टिफिक रिपोर्ट्स’ जर्नलमा प्रकाशित शोधले गियर यन्त्रको पूर्ण रुप र त्यसका हरेक पार्टको विषयमा जानकारी उपलब्ध गराएको छ । उक्त शोधपत्रका मुख्य लेखक प्राध्यापक टोनी फ्रिथका अनुसार उक्त यन्त्रमा २७ ओटा गियरको प्रयोग गरिएको छ ।’

उनीहरुले यो उपकरणले आजभन्दा दुई हजार वर्ष पहिला निर्माण भएको प्रविधिलाई दर्शाउने जनाएका छन् । जुन आजको प्रविधिको तुलानमा अझ अब्बल र प्रभावकारी रहेको जनाइएको छ ।

बीबीसीबाट ।

प्रकाशित : २०७७ चैत ५ गते १९:२८

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI