‘देउवाको भूमिका ओलीको पार्टीको ‘स्याटेलाइट’को जस्तो भयो’

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत १२ गते ७:४२
‘देउवाको भूमिका ओलीको पार्टीको ‘स्याटेलाइट’को जस्तो भयो’
;efnfO{ ;Daf]wg ub}{ pkk|wfgdGqL ofbjk;f{, !) ebf} -/f;;_ M jL/u~h dxdfgu/kflnsfn] d+unaf/ jL/u~hdf cfof]hgf u/]sf] a; kfs{ pb3f6g sfo{qmdnfO{ ;Daf]wg ub}{ pkk|wfg Pj+ :jf:Yo tyf hg;+VofdGqL pk]Gb| ofbj . t:jL/ M lahos'df/ dxtf]

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको भूमिका केपी ओलीको पार्टीको स्याटेलाइटजस्तो भएको आरोप लगाएका छन् । कान्तिपुर दैनिकसँगको अन्तरवार्तामा उनले भनेका छन् –

कांग्रेस अगाडि किन नसरेको हो ? विपक्षीको भूमिका विगत तीन वर्षदेखि किन ननिभएको हो ? तीन वर्षदेखि मुलुक प्रतिपक्षविहीन जस्तो देखिन्छ । बरु सत्तारुढ दलकै सांसदहरूले प्रतिपक्षको भूमिका निभाइदिएका थिए । लोकतन्त्र, संसदीय व्यवस्था रक्षाका लागि कांग्रेसले जुन भूमिका निर्वाह गर्नुपर्थ्यो त्यो आफै सिथिल के कारणले भएको हो ? यसको रहस्य के हो ? भन्ने कुरा आम जनताले सोचिराखेको छ ।

‘पिएम इन वेइटिङ’ भनेको उसको भूमिकामा निर्भर हुन्छ । नत्र त ‘वेइटिङ’मा मात्रै रहिरहन्छ । ‘वेइटिङ’ भनेको ‘वेइटिङ फर एक्सन’ हो, ‘अलवेज वेइटिङ्’ मात्रै त होइन । त्यहाँनेर एउटा गडबड छ ।

प्रतिपक्षको भूमिका निर्वाह नगरेको भनेको यहिँ हो । उहाँको भूमिका केपी ओलीको पार्टीको ‘स्याटेलाइट’को जस्तो भयो । उहाँले छायाँ सरकार पनि बनाउनुभएको हो । छायाँ सरकार भनेको रहेको सरकार असफल भएदेखि छायाँ सरकारले साच्चैको सरकारको भूमिका लिने हो । त्यो कुरा अरुले भनिराख्नुपर्छ र ? त्यो भूमिका र भनाइ त मिल्दैन । यसमा तारतम्य हुनुपर्छ ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रकाशित : २०७७ चैत १२ गते ७:४२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI