प्रधामन्त्री ओलीको तस्बिर मोबाइलले खिच्न निषेध !

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत १२ गते १३:२५
प्रधामन्त्री ओलीको तस्बिर मोबाइलले खिच्न निषेध !

काठमाडौ‌ं, १२ चैत । अहिलेको जमानामा कस्को हातमा मोबाइल हुन्न र ! सबैको हात हातमा स्मार्ट मोबाइल फोन हुन्छ र स्मार्ट मोबाइलले क्यामेराभन्दा पनि आकर्षक फोटो (तस्बिर) खिच्छ ।

तर, अब मोबाइलले नेकपा एमाले एवं प्रधानमन्त्री केपी शर्मा ओलीको भौतिक शरीरको फोटो खिच्न निषेध गरिएको जानकारी दिइएको छ । बिहीबार ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा प्रधानमन्त्री ओलीले पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्ने कार्यक्रममा कृषि मन्त्रालयका उपसचिव प्रदीपकुमार भट्टराईले कार्यक्रम सुरू हुनुपूर्व यस्तो जानकारी गराए छन् ।

 

कार्यक्रम सुरु हुनुपूर्व प्रधानमन्त्रीका सुरक्षाकर्मीले प्रोटोकलअनुसार मोबाइल फोनबाट फोटो खिच्न नमिल्ने जानकारी पाएको उनले बताए हुन् । यससँगै प्रधानमन्त्री ओलीको तस्बिर लिन चाहने कार्यकर्ता तथा फ्यानले आफूले चाहेबमोजिम फोटो खिच्न निषेध गरिएको छ ।

सूचना जानकारीपछि सुरु भएको कार्यक्रममा नेपाल पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर घोषणा गरिएको छ । प्रधानमन्त्री ओलीले कार्यक्रममा बीच धुलो दूध, बटर, अण्डा र मासुजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्नुभएको थियो ।

कृषि मन्त्रालयका पशुपन्छी सचिव डा. प्रेम नारायण कंडेलका अनुसार संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मापदण्डअनुसार आवश्यकता र उत्पादनको अवस्थाका आधारमा यस्तो घोषणा गरिएको हो ।

प्रत्येक नेपालीलाई प्रति वर्ष आवश्यक पर्ने ४८ गोटा अण्डामध्ये नेपालको उत्पादन ५५ पुगेको भनिएको छ । यसैगरी मासु तथा माछाको आवश्यकता प्रतिवर्ष क्रमश १४ किलो रहेकोमा मासु १८ र माछा ३.५ किलो रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी दूधमा आत्मनिर्भर हुन वार्षिक न्यूनतम ९१ लिटर प्रतिव्यक्ति दूध उपलब्ध हुनुपर्नेमा प्रतिव्यक्ति उपलब्धता भने ७९ लिटर मात्रै रहेको जनाइएको छ ।

प्रकाशित : २०७७ चैत १२ गते १३:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI