कावासोतिकी ४३ वर्षीय महिलाको कोरोना संक्रमणले मृत्युु

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख ३१ गते २०:४३
कावासोतिकी ४३ वर्षीय महिलाको कोरोना संक्रमणले मृत्युु

कावासोती नगरपालिका वडा नं ३ कि ४३ वर्षीय महिलाको चितवन मेडिकल कलेजमा दिउसो २:२९ बजे मृत्यु भएको छ ।

काठमाडौमा पिसिआर परिक्षण गर्दा वैशाख २८ कोराना संक्रमण देखिएको उनको चितवन मेडिकल कलेजको कोभिड आईसियुमा उपचार क्रममा मृत्युु भएको कावासोती-३ का वडा अध्यक्ष अमृतकुमार श्रेष्ठले बताए । मृतक महिला काठमाडौमा व्यवसाय गरेर बसेको र कोरोना संक्रमण देखिए पछि उपचारको क्रममा काठमाडौमा बेड नपाईए पछि उपचारको लागि चितवन ल्याईएको अध्यक्ष श्रेष्ठले बताए।
मृतकको देवघाटमा नेपाली सेनाको सहयोगमा   दाहासंस्कार गरिएको वडा अध्यक्ष श्रेष्ठले बताए ।
मृतकको परिवारको सदस्यको पिसिआर परिक्षण शनिबार गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : २०७८ वैशाख ३१ गते २०:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI