स्वास्थ्यकर्मीमाथि हातपात गरे ३ वर्ष कैद ३ लाख जरिबाना, अस्पताल आगजनी गरे ५ वर्षसम्म कैद

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ २० गते २१:३९
स्वास्थ्यकर्मीमाथि हातपात गरे ३ वर्ष कैद ३ लाख जरिबाना, अस्पताल आगजनी गरे ५ वर्षसम्म कैद

काठमाडौं । सरकारले अस्पताल र स्वास्थ्यकर्मीको सुरक्षाका लागि अध्यादेश जारी गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ संशोधन अध्यादेश जारीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

कार्यस्थलमा हुने आक्रमणका घटनालाई निमिट्यान्न तुल्याइ स्वास्थ्यकर्मी निर्वाध सेवामा संलग्न हुन पाउन र अस्पतालमाथि सुरक्षाको प्रत्याभूत होस् भनेर अध्यादेश जारी गर्न लागिएको सरकारले बताएको छ ।

अध्यादेशमा अस्पताल आगजनी गरे ३ देखि ५ लाख रूपैयाँसम्म जरिवाना र २ देखि ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था गरिएको कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए । त्यस्तै स्वास्थ्यकर्मीलाई कुटपिट गरी अंगभंग तुल्याएमा, घाइते तुल्याएमा ३ वर्ष कैद र ३ लाखसम्म जरिबानाको प्रबन्ध गरिएको श्रेष्ठको भनाइ छ ।

कार्यस्थलमा हुलहुज्जत गरी, नारा, जुलुस, धर्ना आदि गरी उपचारमा अवरोध पुर्‍याएमा, स्वास्थ्यकर्मीलाई गालीगलौज, दुव्र्यवहार, अभद्र व्यवहार गरेमा १ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको प्रबन्ध गरिएको श्रेष्ठको भनाइ छ ।-फाईल तस्बिर

प्रकाशित : २०७८ जेठ २० गते २१:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI