भारतमा कार चोरेर नेपालमा प्रयोग, नक्कली ब्लुबुकसहित चार जना पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार १५ गते १५:५०
भारतमा कार चोरेर नेपालमा प्रयोग, नक्कली ब्लुबुकसहित चार जना पक्राउ

१५ असार, काठमाडौं । भारतबाट कार चोरी गरेर ल्याएर नेपालमा बिक्री गर्ने गरेका पाइएको छ । चोरीमा संलग्न हुनेले नेपालमा नक्कली ब्लुबुकसमेत बनाएको भेटिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कार चोरीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएसँगै भारतमा चोरिएका कार नेपालमा प्रयोग हुने गरेको खुलेको हो । प्रहरीले नक्कली ब्लूबुक बनाएको अभियोगमा थप दुई जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम भने सार्वजनिक गरिसकिएको छैन ।

कार्यालयका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार काठमाडौंको भीमसेनगोलामा रहेको एक पसलबाट नक्कली ब्लुबुक बनाउनेलाई पक्राउ गरिएको हो । उनी भन्छन्, ‘उनीहरुले विश्वविद्यालयका सर्टिफिकेटहरु पनि नक्कली बनाउने गरेको पाइएको छ ।’
प्रकाशित : २०७८ असार १५ गते १५:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI