इटाली र अर्जेन्टिना भिड्ने !

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन १ गते ८:३८
इटाली र अर्जेन्टिना भिड्ने !

काठमाडौं । युरोकप विजेता इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीच मैत्रीपूर्ण खेल हुने भएको छ । अर्जेन्टिनाका महान खेलाडी डिएगो म्यारोडोनाको सम्झनामा इटाली र अर्जेन्टिनाबीच ‘म्यारोडोना सुपर कप’ नामक मैत्रीपूर्ण खेल हुन लागेको बताइएको छ ।

मैत्रीपूर्ण खेलबारे औपचारिक घोषणा भने भएको छैन । तर, मैत्रीपूर्ण खेलका लागि यूईएफए र कोन्मेबोलबीच छलफल भईरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

इटालीले इंग्ल्यान्डलाई हराएर युरो २०२० को उपाधि जितेको थियो । यस्तै ब्राजिलमा भएको कोपा अमेरिकामा अर्जेन्टिनाले घरेलु टोलीलाई हराएर उपाधि जितेको थियो ।

प्रकाशित : २०७८ साउन १ गते ८:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI