रिभेन्ज पोर्न : यौन हिंसाको नयाँ रुप, महिलाहरु जोखिममा

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन १२ गते १७:२८
रिभेन्ज पोर्न : यौन हिंसाको नयाँ रुप, महिलाहरु जोखिममा

आफ्नै फोटो–भिडियो अश्लील साइट वा पेजहरुमा फेला परेमा के होला ? आफ्नो निजी फोटोहरु तोडमोड गरेर सामाजिक सञ्जालमा राखिएको भेटेमा के होला ?

अहिलेको जल्दोबल्दो जोखिम हुन् यि । तपाईंले थाहा नपाई तपार्ईंकै फोटो–भिडियो दूरुपयोग हुनसक्छ । सामाजिक सञ्जालदेखि पोर्न साइटसम्ममा ति फोटो–भिडियो छताछुल्ल हुनसक्छ । किनभने यस किसिमको साइबर धन्दा अहिले भित्रभित्रै मौलाएको छ । खासगरी तपाईंलाई बदनाम गर्ने नियतले यस्ता कृत्यहरु हुनसक्छ । यस किसिमको प्रवृत्तिलाई ‘रिभेन्ज पोर्न’ भनिन्छ ।

कसैको निजी च्याट, फोटो, भिडियो वा यौन सामाग्री विभिन्न माध्यामबाट छताछुल्ल हुन्छ । सम्बन्धित व्यक्तिको सहमति बिना बदनाम गर्ने वा बदला लिने उदेश्यसहित गरिने यस्ता कृत्य अहिले विश्वभर मौलाएको छ ।

जस्तो, अहिले तपाईंले फेसबुकमा कतिपय निजी संवादहरु वाहिरिएको देख्न, सुन्न सक्नुहुन्छ । कतिपयको फोटो राखेर ‘अश्लील’ पेजहरु बनाइएको फेला पार्नुहुन्छ । कतिपयको त भिडियो नै बाहिरीको देख्नुहुन्छ । यस किसिमको कृत्यबाट महिलाहरु पीडित हुने गरेका छन् ।

तपाईंको सग्लो फोटो फेला पार्न अहिले कुनै समस्या नहोला । फेसबुक, इन्टाग्राममा यस्ता फोटोहरु साभेदार गर्नुहुन्छ । त्यही फोटोलाई फोटोशप गरेर अश्लील रुपमा फैलाउने जोखिम छ । त्यती मात्र होइन, तपार्ई आफ्नै सुरमा बाटोमा हिँडिरहँदा, लिफ्ट चढिरहँदा वा कतै बसिरहँदा थाहै नपाईं भिडियो खिचेर पनि पोस्ट गरिदिन सक्छन् । नेपालमै सामाजिक सञ्जालमा यस्ता थुप्रै ग्रुप भेटिएका छन्, जसले नेपाली महिलाहरुको अश्लील फोटो बनाएर राख्ने गरेका छन् ।

विश्व परिवेशमा पनि यो आतंक खपिनक्नुगरी फैलिएको छ । कोरोना सन्त्राससँगै भएको लकडाउनमा यसले अरु बढवा पाएको बताइन्छ ।

धेरैजसो सेलिब्रेटीको फोटो, भिडियो पनि यसरी दुरुपयोग हुने गरेको छ । जस्तो युट्युबमा आफ्नो गीत सार्वजनिक गरेर चर्चामा आएकी क्रिसी चेम्बर्सले युट्युबमा आफ्नै अश्लील भिडियो छरिएको थाहा पाइन् । उनले आफ्ना प्रेमीसँग मिलेर युट्युब चलाउने गरेका थिए । उनै प्रेमीले यौन भिडियो सार्वजनिक गरिदिए । उनले यसको कुनै भेउ समेत पाइनन् । जब आफ्नो यौन सामाग्री जताततै फैलियो, उनलाई चौतर्फी गाली आउन थाल्यो । क्रिसी चेम्बर्सले भनेकी छिन्, ‘त्यो घटनाले मेरो जीवनलाई तहसनहस बनाइदियो ।’ यस बिरुद्ध उनले लामो कानुनी लडाई लड्नुप¥यो ।

अहिले पोर्न साइटहरु छ्यापछ्याप्ती छन् । यी साइटहरुले रिभेन्ज पोर्नलाई अरु बढाव दिएको छ । किनभने यिनीहरुको मूल आयआर्जन पनि अहिले रिभेन्ज पोर्नबाट भइरहेको विभिन्न अध्ययनले देखाएको छ । जस्तो कि, संसारकै सबैभन्दा ठूलो पोर्न साइट ‘पोर्न हब’ले रिभेन्ज पोर्नबाट धेरै भन्दा धेरै आर्जन गरिरहेको विविसीको एक रिपोर्टमा उल्लेख छ । त्यस्ता भिडियोमाथि उजुरी पर्दा समेत पोर्नहबले भिडियो हटाएको छैन । एक क्याम्पेन समूह नटयोरपोर्नका अनुसार यी सामाग्रीबाट पोर्नहबका मालिक माइन्डगिकले प्रशस्त विज्ञापन प्राप्त गरे र मनग्ये आर्जन गरे । जबकि पोर्नहब आफैले भने रिभेन्ज पोर्नको निन्दा गरेको छ ।-अनलाईन खबरबाट

प्रकाशित : २०७८ साउन १२ गते १७:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI