सकियो नेपालको टोकियो ओलम्पिक यात्रा

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन १५ गते १२:२७
सकियो नेपालको टोकियो ओलम्पिक यात्रा

काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिकमा नेपालको यात्रा समाप्त भएको छ । नेपालबाट चार खेलमा पाँच खेलाडीले सहभागीता जनाएकामा शुक्रबार बिहान अन्तिम स्पर्धा गरेकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिएकी छिन् ।

अन्तिम समयमा मात्रै जापान जाने चिट्ठा परेकी सरस्वतीले म्याराथन खेलाडी गोपीचन्द्र पार्कीलाई विस्थापित गरेकी थिइन् । तर निराश प्रदर्शन गरिन् ।

महिलाको १ सय मिटर दौडमा प्रतिस्पर्धा गरेकी सरस्वतीले ओलम्पिक स्टेडियमको ट्रयाकमा शुक्रबार बिहान निर्धारित दूरी १२ः९१ सेकेन्डमा पूरा गरिन् ।

दोस्रो हिटमा रहेकी सरस्वती आफ्नो हिटमा नौ खेलाडी रहेकामा आठौं स्थानमा रहिन् । सरस्वतीले व्यक्तिगत प्रदर्शनमा समेत सुधार गर्न सकिनन् । यस स्पर्धामा सरस्वतीको उत्कृष्ट समय १२ः५५ सकेन्ड रहेको छ ।

सरस्वतीको प्रतिस्पर्धासँगै टोकियो ओलम्पिकमा नेपालको चुनौती सकिएको हो ।

सहभागी पाँचै खेलाडीले पहिलो चरण पार गर्न सकेनन् । सरस्वतीजस्तै जुडोकी सोनिया भट्टले पनि आफ्नो व्यक्तिगत प्रदर्शन सुधार गर्न सकिनन् ।

उनले महिलाको ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । सोनिया पहिलो खेलमै पराजित भएकी थिइन् । राउण्ड अफ ३२ अन्तर्गत भएको खेलमा उनी रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित भएकी थिइन् ।

तीन खेलाडीले भने राष्ट्रिय कीर्तिमान बनाउन सफल भए । पौडीकी गौरिका सिंह र एलेक्जेन्डर शाहले आफ्नो व्यक्तिगत राष्ट्रिय कीर्तिमानमा सुधार गरे भने सुटिङकी कल्पना परियारले पनि राष्ट्रिय कीर्तिमानमा सुधार गर्न सफल भइन् ।

 

प्रकाशित : २०७८ साउन १५ गते १२:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI