बालाजु औद्योगिक क्षेत्रमा भएको आगलागी नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन २३ गते ९:०७
बालाजु औद्योगिक क्षेत्रमा भएको आगलागी नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग

काठमाडौंको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको बिस्कुट कारखानामा गए रातिदेखि आगलागी भइरहेको छ । शुक्रबार राति २ बजेदेखि (शनिबार बिहान) भएको आगलागी अझैसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।

आगलागी नियन्त्रणमा लिनका लागि दमकल र हेलिकप्टरको प्रयोग गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

क्षेत्रफल ठूलो भएकाले चारैतिरबाट आगो निभाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार आगलागीको कारण र क्षतिको विवरण आइसकेको छैन ।

प्रकाशित : २०७८ साउन २३ गते ९:०७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI