मंसिरभित्र महाधिवेशन गर्न सभापति देउवाको प्रस्ताव

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन २७ गते २१:०२
मंसिरभित्र महाधिवेशन गर्न सभापति देउवाको प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौभित्र पार्टीको अधिवेशन उद्घाटन गरेर मंसिरभित्र महाधिवेशन गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसका शीर्ष नेताहरुको आज बुढानीलकण्ठमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले महाधिवेशन भदौमा उद्घाटन गरेर मंसिरभित्र गर्न उपयुक्त भएको धारणा राखेको पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

सभापति देउवाले पार्टीको महाधिवेशन, संवैधानिक संकटलगायतका विषयमा छलफल गर्न शीर्ष नेताहरुलाई बुढानिलकण्ठ बोलाएका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल भने महाधिवेशनको मिति पटक–पटक सार्ने पक्षमा छैनन् । पार्टीभित्र सबै पक्ष सहमत भए मात्र नयाँ कार्यतालिका ल्याइने महामन्त्री खड्काले बताए । महाधिवेशनबारे सहमति जुटाएर केन्द्रीय कमिटी बैठकमा जाने तयारी भइरहेको छ । अहिलेसम्म यसअघि काँग्रेसले पाँच पटक कार्यतालिका संशोधन गरिसकेको छ ।

सोमबार बसेको पौडेल पक्षीय केन्द्रीय समितिको अनौपचारिक बैठकले पनि निर्धारित मितिमै महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।सोमबार र मंगलबार काठमाडौंमा भएको पौडेल पक्षीय जिल्ला सभापतिको बैठकले पनि निर्धारित मितिमै महाधिवेशन गर्नुपर्नेमा जोड दिएको छ ।

प्रकाशित : २०७८ साउन २७ गते २१:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI