टी–२० विश्वकप क्रिकेट शुरु, पहिलो दिन दुई खेल

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज ३१ गते ८:४७
टी–२० विश्वकप क्रिकेट शुरु, पहिलो दिन दुई खेल

काठमाडौं । सातौं आईसीसी विश्वकप टी–२० क्रिकेट आइतबारदेखि शुरु हुँदैछ । यूएई र ओमानको संयुक्त आयोजनामा हुने विश्वकपमा पहिले पहिलो चरणका खेलहरु हुँदैछन् । उक्त चरणमा ८ टोली सहभागी रहेका छन् ।

जसमा बंगलादेश, श्रीलंका, नेदरल्याण्ड्स, स्कटल्याण्ड, आयरल्याण्ड, नामिबिया, ओमान र पपुवा न्यूगिनी रहेका छन् । आठमध्ये चार टिम सुपर १२ मा पुग्नेछन् ।

सुपर–१२ को समूह २ मा भारत र पाकिस्तानसँगै न्यूजिल्याण्ड, अफगानिस्तान र पहिलो चरणको समूह बीको विजेता र समूह एको उपविजेता रहने छन् ।

यस्तै समूह १ मा अष्ट्रेलिया, इङ्गल्याण्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज तथा पहिलो चरणको समूह एको विजेता र समूह बीको उपविजेता रहने छन् ।

समूह चरणको खेलपछि आबुधाबीमा हुने पहिलो सेमिफाइनल नोभेम्बर १० र दुबईमा हुने दोस्रो सेमिफाइनल नोभेम्बर ११ मा हुनेछ ।

दुबईमा हुने फाइनल खेल नोभेम्बर १४ मा हुनेछ ।

२९ दिनसम्म चल्ने विश्वकपमा ४५ वटा भिडन्त हुनेछन् । पहिलो पटक डीआरएस प्रणाली लागू हुनेछ । त्यस्तै सेमिफाइनल र फाइनलका लागि रिजर्भ डे पनि राखिएको छ ।

पहिलो दिन आइतबारका खेल
आइतबार दुई खेल हुनेछन् । ओमानको अल अमारतमा हुने पहिलो खेलमा घरेलु टिम ओमान र पपुवा न्यूगिनीबीच प्रतिस्पर्धा हुनेछ । यो खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे शुरु हुनेछ ।

दोस्रो खेलमा बंगलादेश र स्कटल्याण्ड खेल्नेछन् । यो खेल बेलुकी ७ः४५ बजे शुरु हुनेछ । यी दुवै टिम विश्वकपको सुपर १२ मा छानिनका लागि प्रमुख दावेदार हुन् ।

प्रकाशित : २०७८ असोज ३१ गते ८:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI