एमाले गैँडाकोटको नयाँ नेतृत्वका लागि भोलि विहान ८ वजेदेखि मतदान हुने

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक १६ गते १३:५८
एमाले गैँडाकोटको नयाँ नेतृत्वका लागि भोलि विहान ८ वजेदेखि मतदान हुने

गैँडाकोट । नेकपा एमाले गैँडाकोटको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने भएको छ ।नयाँ नेतृत्व सर्वसम्मत रुपमा गर्न एमाले नेतृत्व असफल भएपछि भोटिङको माध्यमबाट नयाँ नेतृत्वको छिनोफानो गरिने भएको हो ।

गैँडाकोटको शिख्रौली मध्यवर्ती उपभोक्ता समूहको कार्यालय नजिकैको खुला चौरमा विहान ८ वजेबाट मतदान हुने निर्वाचन मण्डलका संयोजक रामुकान्त अर्यायलले जानकारी दिनुभयो ।अहिले उमेदवारहरुले अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवका आकांक्षीहरुले मनोनयन दर्ता गरिरहेका छन् ।

प्रकाशित : २०७८ कार्तिक १६ गते १३:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI