बिजुलीको पोलमा मोटरसाइकल ठोक्किदा मध्यविन्दुमा एक जनाको ज्यान गयो

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक ३० गते ७:४६
बिजुलीको पोलमा मोटरसाइकल ठोक्किदा मध्यविन्दुमा एक जनाको ज्यान गयो

कावासोती । बिजुलीको पोलमा मोटरसाइकल ठक्करखाँदा नवलपुरमा चालकको मृत्यु भएको छ ।मध्यविन्दु नगरपालिका वडा नं. ३ ईटौरा स्थित भित्री सडकखण्डमा गोछडाबाट कोल्हुवा आँउदै गरेको ग.प्र.०४–००१प २४०३ नम्बरको मोटरसाईकल बिजुलीको पोलमा ठोक्कीदा स्थानीय २२ वर्षका समिर चौधरीको मृत्यु भएको हो ।

हिजोसाँझ पौने ७ वजे भएको दुर्घटनामा परि गम्भिर घाइते भएका चौधरीलाई मध्यविन्दु जिल्ला अस्पतालमा साँझ सवा ७ वजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाईकलमा सवार मध्यविन्दु ३ का अमर गुरौ सामान्य घाईते भएका छन् ।मादकपदार्थ सेवन गरि उच्च गतिमा माेटरसाइकल चलाएकाेले दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित : २०७८ कार्तिक ३० गते ७:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI