कांग्रेस नवलपुर क्षेत्र नं १ मा भट्टचन विजयी

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर ८ गते १७:१६
कांग्रेस नवलपुर क्षेत्र नं १ मा भट्टचन विजयी

कावासोती । नेपाली काङ्ग्रेस नवलपुर क्षेत्र नं १को सभापतिमा अमृत भट्टचन विजयी भएका छ्न ।
भट्टचनले  कमलप्रसाद पराजुलीलाई २ सय २३ मतान्तरले पछाडी पार्दै आगामी कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन् ।

भट्टचनले ६ सय ७० मत ल्याउँदा पराजुलीको पक्षमा ४ सय ४७ मत परेको हो । भट्टचन रामचन्द्र पौडेल निकट महेन्द्रध्वज जिसी प्यानलबाट र पराजुली डा. शशांक कोइरालाको प्यानलबाट निर्वाचनमा होमिएका थिए ।

 यस्तै, २–२ पद रहेको सचिव सह–सचिवमा भने मिश्रित परिणाम आएको छ । सचिवमा अमृत श्रेष्ठ र शालिकराम सापकोटा विजयी भएका छन् । श्रेष्ठ कोईराला र सापकोटा जिसी प्यानलबाट सचिवमा निर्वाचित भएका छन् ।

 सहसचिवमा पनि दुवै प्यानलबाट एक–एक जना आएका छन् । जिसी प्यानलका टीकाराम सापकोटा  र कोइराला प्यानलका तेजप्रसाद घिमिरे सह सचिवमा निर्वाचित भएका छन् ।

 २२ सदस्यीय कार्य समितिको सदस्यहरुमा मिश्रित परिणाम आएको छ ।

प्रकाशित : २०७८ मंसिर ८ गते १७:१६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI