युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर १६ गते १२:१६
युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ

जनकपुरधाम- नातामा भतिजी पर्ने एक युवतीलाई बन्धक बनाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।

धनुषाको विदेह नगरपालिका(४ ढाडीका ३० वर्षीय जितेन्द्रकुमार महरा र सोही ठाउँका  ३२ वर्षीय अरुणकुमार महरालाई शारीरिक बन्धक बनाई बलात्कार गरेको आरोपमा प्रहरीले बुधबार पक्राउ गरेको हो ।

आमाको मृत्यु भइसकेको, बुबाको पनि मानसिक सन्तुलन ठीक नभएको र श्रीमान् विदेशमा रहेको अवस्थामा ती युवतीलाई फकाएर जनकपुरको एक होटलमा राखेर तीन दिनसम्म जबर्जस्ती यौन सम्बन्ध राखेको भन्ने उजुरीको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब निरीक्षक जितेन्द्रकुमार बस्नेतले दुवै जनाविरुद्ध उजुरी परेपछि प्रहरीले पक्राउ गरी शारीरिक बन्धक तथा जबर्जस्ती करणी मुद्दा दायर गरी घटनाको अनुन्धान भइरहेको बताए । पीडित युवतीकी सानीआमाले उनीहरूविरुद्ध उजुरी दिएको उनले बताए ।

 

प्रकाशित : २०७८ मंसिर १६ गते १२:१६

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI