बसले ट्याक्टरलाई ठक्कर दिँदा एकको मृत्यु, ५ गम्भीर

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर १८ गते ९:५६
बसले ट्याक्टरलाई ठक्कर दिँदा एकको मृत्यु, ५ गम्भीर

कुश्मा : कुश्मा नगरपालिका- ८ चुवाको पराधिमा बसले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

पोखराबाट पर्वततर्फ आउँदै गरेको ग १ ज ००९८ नम्बरको बसले सोहि दिशाबाट आउँदै गरेको को २ त ६४२७ नम्बरको ट्याक्टरलाई ठक्कर दिँदा उदयपुरको चौवन्दी  गाउँपालिकाका १८ वर्षीय विशाल लामिछानेको घटनास्थलमै मृत्यु भएको हो।

ट्याक्टरमा मध्यपहाडी लोकमार्गका मजदुर सवार थिए। उनिहरुमध्ये ५ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए। उनका अनुसार १४ जना सामान्य घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल पर्वत र गम्भीर घाइतेलाई पोखरा पठाइएको छ। बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।

प्रकाशित : २०७८ मंसिर १८ गते ९:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI