नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) गण्डकी प्रदेश अध्यक्षमा गुरुङ

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर २७ गते १३:३०
नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) गण्डकी प्रदेश अध्यक्षमा गुरुङ

नवलपुर । नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) गण्डकी प्रदेश समितिकाे प्रथम अधिवेशनबाट गायत्री गुरूङ्ग निर्बिराेध चयन हुनु भएकाे छ ।

माओवादी केन्द्र गण्डकी प्रदेश कार्यलय सदस्य तथा गण्डकी प्रदेश प्रमुख सचेतक रहनु भएकी गुरूङ्गकाे अध्यक्षतामा पछि २८ थप्ने गरि २२९ सदस्सीय समिति बनेकाे हाे ।

शनिबारदेखि पाेखराकाे सभागृहमा सञ्चालित अधिबेशनले आईतबार राती मात्रै प्रदेश समितिकाे नामावली टुङ्गाएकाे हाे ।

अध्यक्षमा आकांक्षी धेरै भएपछि प्रदेश समितिकाे नाम टुङ्गाएपछि पहिलाे बैठकबाट अध्यक्षमात्रै चयन गरिएकाे हाे । अन्य पदाधिकारी अर्काे बैठकबाट टुङ्गाउने जनाएकाे छ ।

प्रदेश समितिमा नवलपुरबाट १५ जना सदस्य चयन भएका छन् । पुरानै समितिमा रहेका ७ जनामा नयाँ ८ जना थपिएका छन् । पुराना सदस्यहरूमा मित्रशरण शर्मा, धनप्रसाद सापकाेटा, बालकृण्ण रानाभाट, तारा भूषाल, सुष्मा खनाल, टंकमणी शर्मा र कृण्ण प्रसाद शर्मा हुन् भने नयाँ थपिएका सदस्यहरूमा गैडाकाेट नगरबाट लक्ष्मी खाँड र गाेपी कंडेल, देवचुली नगरबाट ईश्वरी महताे र नेत्र सुनार, हुप्सेकाेट गाउँपालिकाबाट चन्द्रबहादुर थापा, बिनयी त्रिवेणीबाट दमयन्ती रूचाल, बुलिङ्टारबाट यम बहादुर सारू र बाैदिकालीबाट टंक पुलामी चयन भएका छन् ।

 

प्रकाशित : २०७८ मंसिर २७ गते १३:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI