एमसीसी राष्ट्रघाती भन्नेले पढेको छैन, म प्रधानमन्त्री भएको बेला राष्ट्रघाती सम्झौता गरौँला त ? : देउवा

NAWALPUR TIMES
प्रकाशित : २०७८ पुष ११ गते १९:००
एमसीसी राष्ट्रघाती भन्नेले पढेको छैन, म प्रधानमन्त्री भएको बेला राष्ट्रघाती सम्झौता गरौँला त ? : देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी नेपालको हितमा रहेको बताएका छन् । आइतबार माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन समारोहमा उनले एमसीसी राष्ट्रघाती भन्नेले सम्झौता नै नपढेको बताए ।

“एमसीसी राष्ट्रघाती भन्नेले पढेकाे छ कि छैन ? म पनि देशको प्रधानमन्त्री हुँ । राष्ट्रघाती सम्झाैता गराैँला ? नेपालकाे हितमा छ ।  सित्तैमा आएकाे पैसा हाे । बुझ्नुपर्‍यो क्या,” उनले भने ।

प्रकाशित : २०७८ पुष ११ गते १९:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI