नापी कार्यालय कावासोतीका थप ६ जना कर्मचारीमा कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७८ पुष ३० गते १०:०८
नापी कार्यालय कावासोतीका थप ६ जना कर्मचारीमा कोरोना संक्रमण

नारायण शर्मा/नवलपरासी पूर्व — यसअघि नै ९ जना कर्मचारीमा कोरोना संक्रमण भएको नापी कार्यालय कावासोतीमा शुक्रबार थप ६ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिनअघि गरिएको परीक्षणमा ९ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । बिहीबार थप १२ जनाको परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण भएको कार्यालयले जनाएको छ । नापी कार्यालयका सूचना अधिकृत भोला कोहारका अनुसार ३० कर्मचारीमध्ये १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : २०७८ पुष ३० गते १०:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI