मध्यविन्दु जिल्ला अस्पतालका २३ कर्मचारीलाई कोरोना संक्रमण : आकस्मिक बाहेकका सेवा बन्द

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ ५ गते १८:४०
मध्यविन्दु जिल्ला अस्पतालका २३ कर्मचारीलाई कोरोना संक्रमण : आकस्मिक बाहेकका सेवा बन्द

नवलपुर । नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा कार्यरत २३ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भए पछि अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ ।

अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीका अनुसार अस्पतालमा कार्यरत २३ जना कर्मचारीमा कोभिड संक्रमण भए पछि माघ १० सम्मका लागी आकस्मिक बाहेकका सेवा बन्द गरिएको जानकारी दिए ।

अस्पतालको स्वास्थ्य बिमा, पिसिआर ल्याबका कर्मचारी सहित चिकित्सक नर्स र अन्य कर्मचारीलाई कोभिड संक्रमण भए पछि सेवा बन्द हुँदा सर्वसाधारणलाई समेत समस्या भएको छ ।।

प्रकाशित : २०७८ माघ ५ गते १८:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI