‘महाभारत’का ‘भीम’ प्रवीण कुमारको निधन

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ २५ गते ११:५५
‘महाभारत’का ‘भीम’ प्रवीण कुमारको निधन

काठमाडौं । बीआर चोपडाको धारावाहिक टेलिशृंखला ‘महाभारत’मा भीमको भूमिका निभाउने अभिनेता प्रवीण कुमारको निधन भएको छ । उनको ७४ वर्षको उमेरमा मंगलबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रवीण लामो समयदेखि बिरामी थिए भने काम नपाउँदा आर्थिक समस्याबाट समेत गुज्रिरहेका थिए । खेलकुदमा समेत नाम कमाएका प्रवीणले एशियन गेम र ओलम्पिकमा पनि प्रदर्शन गरेर लोकप्रिय भएका थिए ।

उनले ५० भन्दा बढी बलिउड चलचित्रमा काम गरिसकेका छन् । उनको पछिल्लो चलचित्र ‘महाभारत और बर्बर’ सन् २०१३ मा रिलिज भएको थियो ।

अभिनय र खेलकुदका अलवा प्रवीण राजनीतिमा पनि प्रवेश गरेका थिए । उनले आम आदमी पार्टीबाट दिल्लीको बजीरपुर क्षेत्रबाट निर्वाचन समेत लडेका थिए । पछि उनले आम आदमी पार्टी छाडेर भाजपा प्रवेश गरेका थिए ।

काम नपाएका कारण जीवनयापनमा समस्या भएपछि प्रवीण कुमारले सरकारले पेन्सन दिन माग समेत गरेका थिए ।

प्रकाशित : २०७८ माघ २५ गते ११:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI