कावासोतीमा काँग्रेस क्षेत्र नं. २ ‘क’ को अन्तरक्रिया

NAWALPUR TIMES
प्रकाशित : २०७८ फागुन ३ गते २०:०७
कावासोतीमा काँग्रेस क्षेत्र नं. २ ‘क’ को अन्तरक्रिया

नवलपुर । नवलपुरमा नेपाली काँग्रेसले पार्टी गतिविधिलाई चलायमान बनाउन थालेको छ । आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा भएसँगै जिल्लामा पार्टी गतिविधिलाई तिव्रता दिन थालेको हो । यसैबीचमा आज कावासोतीमा क्षेत्र नं. २ क अन्तर्गतका गाउँ÷नगर सभापति र वडा सभापति भेटघाट तथा अन्तरक्रिया गरेको छ ।

नेपाली काँग्रेस क्षेत्र नं. २ क का क्षेत्रीय सभापति रामचन्द्र भण्डारीको अध्यक्षता कावासोती कार्यक्रम भएको हो । सभापति भण्डारीले आसन्न निर्वाचन र संगठन सुदृढिकरणसँगै पार्टीलाई सशक्त बनाउने विषयमा अन्तरक्रिया भएको बताउनुभयो ।

अन्तरक्रियामा विगतको समिक्षासँगै भावी दिनमा यस क्षेत्रसँगै पालिका र वडा वडा तहमा काँग्रेसलाई कसरी अब्बल बनाउने भन्ने सन्दर्भमा सुझाव टिप्पणी लिईएको जनाईएको छ ।

कार्यक्रमको प्रमुख अतिथिका रुपमा रहनुभएका संबिधान सभा सदस्य महेन्द्र ध्वज जिसीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतान्त्रिक संस्कार भएकाले पार्टी र संगठनलाई सुदृढ बनाउन वडा तहदेखि नेतृत्व गर्ने सभापतिदेखि सदस्य सवैले ईमान्दारीताका साथ सवैलाई समेटेर पार्टी संगठन बलियो बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा कावासोती नगर कार्य समितिका सभापति शालिकराम ढकाल, बौदीकालीका सभापति केवी राना, , हुप्सेकोटका सभापति बलबहादुर राना सहित क्षेत्र नं. २ क का २१ वटै वडाका वडा सभापतिहरुको सहभागिता रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, बौदीकाली अध्यक्ष दुर्गाबहादुर राना र मध्यविन्दु नगरपालिकाका मेयर चन्द्रबहादुर राना लगायतको उपस्थिति थियो ।

प्रकाशित : २०७८ फागुन ३ गते २०:०७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI