देउवाले एमालेसँग छलफल गर्न समय मागेपछि संसद् बैठक भोलिसम्मका लागि स्थगित

NAWALPUR TIMES
प्रकाशित : २०७८ फागुन १२ गते १४:१०
देउवाले एमालेसँग छलफल गर्न समय मागेपछि संसद् बैठक भोलिसम्मका लागि स्थगित

प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित भएको छ ।

बिहीवार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।

आजको बैठकमा एमसीसीका सम्बन्धमा छलफल गर्ने कार्यसूची थियो ।

देउवाले प्रमुख प्रतिपक्षी दल एमालेसँग छलफलका लागि भन्दै सभामुखसँग समय मागेको सचिवालय स्रोतले जानकारी दियो ।

प्रकाशित : २०७८ फागुन १२ गते १४:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI