अन्तराष्ट्रिय स्कुल अवार्ड प्राप्त गर्न सफल कावासोतीका विद्यालयहरुलाई नगरपालिकाको सम्मान

NAWALPUR TIMES
प्रकाशित : २०७८ फागुन १३ गते १९:४०
अन्तराष्ट्रिय स्कुल अवार्ड प्राप्त गर्न सफल कावासोतीका विद्यालयहरुलाई नगरपालिकाको सम्मान

कावासोती । अन्तराष्ट्रिय स्कुल  अवार्ड २०२१ प्राप्त गर्न सफल कावासोती नगरपालिका भित्रका विद्यालयहरुलाई शुक्रबार सम्मान गरिएको छ ।

अवार्ड प्राप्त गर्न सफल कावासोतीका तिनवटा सामुदायिक विद्यालयहरु कावासोती १७ को त्रिभुवन बाल मा वि ढोकी, जनकल्याण मा वि रिठ्ठेपानी कावासोती एक , नवदुर्गा आधारभूत विद्यालय कावासोती दुई भाट्टोला र एउटा संस्थागत विद्यालय कावासोती १६ को नवलपुर एकेडेमी डण्डालाई नगर उपप्रमुख प्रेमशंकर मर्दनियाले बृटिश काउन्सिल नेपालको तर्फबाट लोगो, आइएसए झण्डा, ट्रफी तथा प्रमाणपत्र सहित सम्मान गरेका हुन ।

यस्तै कार्यक्रममा फाउण्डेशन अवार्ड प्राप्त गर्ने चण्डेश्वरी मावि , चन्द्रहंश आधारभूत विद्यालय , दिपेन्द्र आधारभूत , गोसाईंबाबा आधारभूत विद्यालय , ज्ञानोदय मावि , जलदेवी प्रााथमिक विद्यालय , जनकल्याण मावि कावासोती आठ , जनता मावि कावासोती १४ , कालिका मावि , राजरत्न प्राथमिक विद्यालय , सरस्वती मावि हसौरा , सरस्वती मावि गोछडा ,बालकल्याण आधारभूत विद्यालय , महाराजा आधारभूत विद्यालय , नारायणी आधारभूत विद्यालय र शिव मावीलाई पनि खादा र अविर लगाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा कावासोती नगरपालिकाका प्रशासकिय अधिकृत राकेश गुरुङ्ग , नगर शिक्षा अधिकारी क्षेत्र बहादुर भण्डारी लगायत संस्थागत तथा सामुदायिक विद्यालयका प्रअ , शिक्षक लगायतको सहभागिता रहेको थियो । ब्रिटिश काउन्सिल नेपालले प्रदान गर्ने यो अवार्डलाई नेपाललगायत विश्वका विद्यालयहरुमा विशेष महत्वको रुपमा लिने गरिन्छ ।

प्रकाशित : २०७८ फागुन १३ गते १९:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI