ताप्लेजुङको फुङलिङ बजारमा आगलागी

NAWALPUR TIMES
प्रकाशित : २०७८ फागुन २७ गते ९:५३
ताप्लेजुङको फुङलिङ बजारमा आगलागी

काठमाडौं । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा आगलागी भएको छ । फुङलिङ नगरपालिका–४ कोप्चेमा आज बिहान आठ बजेतिर आगो लागेको हो ।

आगोले दुई वटा घरमा क्षति पुगेको र नियन्त्रणको प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले जानकारी दिए । नगरपालिकाको दमकलको सहयोगमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली आगो निभाउन खटिएको उनले बताए ।

‘बीच बजारमा आगो लागेकाले थप क्षति नहोस् भनेर अन्य दमकल झिकाउने गरी तयारी भइरहेको छ,’ प्रजिअ पोखरेलले भने ।

मासु पसल नजिकैको एक घरबाट अचानक आगलागी सुरु भएको थियो । जस्ताले छाएको घरमा आगलागी भएका कारण आसपासका घरसमेत जोखिममा परेका छन् ।

ताप्लेजुङ हरेक वर्ष आगलागीको चपेटामा पर्दै आएको छ
प्रकाशित : २०७८ फागुन २७ गते ९:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI