नवलपुर क्षेत्र नं १ बाट संघीय चुनाव लडने कोइरालाको घोषणा

NAWALPUR TIMES
प्रकाशित : २०७८ फागुन ३० गते २१:११
नवलपुर क्षेत्र नं १ बाट संघीय चुनाव लडने कोइरालाको घोषणा

मुना दाहाल/नवलपुर । नेपाली कांग्रेसका पुर्व महामन्त्री एवं केन्द्रिय सदस्य डा.शशांक कोइरालाले आउदो संघीय निर्वाचनमा नवलपुर क्षेत्र नं १ बाट चुनाव लडने घोषणा गरेका छ्न ।

नेपाली कांग्रेस नवलपुरको पदस्थापन तथा घर घर जाउ कांग्रेस जिताउ अभियानको उदघाटन कार्यक्रममा सहभागी हुन गृहजिल्ला नवलपुर आएका कोईरालाले कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले यस्तो घोषणा गरेका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै कोईरालाले भने “तीन पटक नवलपुरबाट जित्नु भो, अब मोरङ, सुनसरी, झापा तिरबाट चुनाव लडन पर्यो भन्ने कुरा आएको छ तर म नवलपुर बाट नै चुनाव लडछु भनेको छु ।”

नवलपुरको विकासको सपना आफुले पूरा गर्न बाकी रहेकाले पनि चौथो पटक आफू यहि क्षेत्रबाट चुनाव लडने कोइरालाले बताए । आफुले देखेको सपना पूरा गर्न सरकारले मात्रै नसक्ने भएकाले दातृ राष्ट्रहरु सँग आफुले पहल गरेको बताउदै  नवलपुरको सपना पुरा गरे पछि मात्रै अवकाश लिने कोइरालाले बताए ।

नेपाली कांग्रेस नवलपुरको १४ औं जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा घर घर जाउ कांग्रेस जिताउ अभियानको उदघाटन समारोहमा कांग्रेस केन्द्रिय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली , कांग्रेस केन्द्रिय सदस्य टेकप्रसाद गुरुङ , कांग्रेस गण्डकीका महामन्त्री विष्णुप्रसाद लामिछाने, नव निर्वाचित जिल्ला सभापति महेन्द्रध्वज जिसी लगाएताका नेताहरुले सम्बोधन गरेका थिए ।

 

कांग्रेसलाई नवलपुरमा झुक्न दिन्न : जिसी

पदहस्तान्तरण समारोहलाई सम्बोधन गर्दै नवनिर्वाचित सभापति महेन्द्र ध्वज जिसीले जिल्लामा कुनै पनि मुद्दामा कांग्रेसलाई तल पर्न नदिएर आगामी निर्वाचनमा एक नम्बरको पार्टी बनाउने घोषणा सहित प्रतिबद्धता व्यक्त गरेका छ्न ।

“जसरी म सर्वसम्मत सभापति बने जिल्लाको संगठनलाई सोही अनुरुप अगाडि बढाउछु, विगतका तिक्ता बिर्सिएर आगामी निर्वाचनमा कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन सबैलाई सँगै लिएर अगाडि बढछु,” जिसीले भने ।

प्रकाशित : २०७८ फागुन ३० गते २१:११
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI