चार महिला सहित ६ जना जुवाको खालबाट पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७८ चैत ७ गते ८:००
चार महिला सहित ६ जना जुवाको खालबाट पक्राउ

कावासाेती। नवलपुरमा चार महिला सहित ६ जुवाडेलाई प्रहरीले पक्राउ गरेकाे छ ।    प्रहरीले जुवाको खालमा रहेका महिलाहरु सहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।कावासोती नगरपालिका ८ मा वेलु पुनको घरमा जुवातास खेलाईरहेको गोप्य सुचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको नवलपुर प्रहरीका प्रवक्ता डिएसपी दिलीप गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कावासोती ८ बस्ने ३० वर्षीय हरि माया पुन, ४० वर्षीय माया पुन, ४५ वर्षीय वेलु पुन, ६८ वर्षीय दुरपति गुरुङ, ४० वर्षीय रविन मान सिंह र ४० वर्षीय विर गुरुङ पक्राउ परेका हुन् ।३१ हजार ९२५ नगद र तासको बुक सहित पक्राउ परेका उनीहरु माथि कानुन वमोजिम अनुसन्धान भईरहेकोउहाँले बताउनुभयो ।

प्रकाशित : २०७८ चैत ७ गते ८:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI