जोगाउला त एमालेले सदरमुकामको विरासत ?

NAWALPUR TIMES
प्रकाशित : २०७८ चैत २१ गते २१:२४
जोगाउला त एमालेले सदरमुकामको विरासत ?

नवलपुर । स्थानिय तहको निर्वाचनको मिति नजिकिदै जादा नवलपुरमा चुनावी जोडघटाउ सुरु भएको छ ।

दुईवटा संघीय र चारवटा प्रदेश निर्वाचन क्षेत्र रहेको जिल्लामा रहेका आठ वटा स्थानिय तह मध्ये अघिल्लो स्थानिय तहको निर्वाचनमा कावासोती नगरपालिकाको नगर प्रमुख र उपप्रमुख, गैंडाकोटमा प्रमुख र हुप्सेकोटमा उपाध्यक्ष पदमा एमाले र अन्य स्थानिय तहमा नेपाली कांग्रेसका उम्मेदवारहरु निर्वाचित भएका थिए ।

चासोको रुपमा हेरिएको कावासोती नगरपालिकामा २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेले १७वटा वडामध्ये ८ वटा वडासहित प्रमुख र उपप्रमुख आफ्नो पोल्टामा पारेको थियो ।

८ वटा वडा नेपाली काङग्रेसले र बाँकी एउटा नेकपा माओवादी केन्द्रले जितेको थियो । यहाँ पाँच वर्षको समयमा राजनीतिक र जनसंख्यामा समेत धेरै परिवर्तन आइसकेको तथा पार्टीहरु विभाजन र एकीकृत भएको अवस्थासमेत छ ।

सदरमुकाम समेत रहेको कावासोती नगरपालिकामा नेकपा एमालेले आफ्नो शाख जोगाउला वा काङग्रेसले एमालेबाट सत्ताको बागडोर खोस्ला भन्ने विषयले यति बेला कावासोतीमा चर्चा पाएको छ । काङग्रेस सहितको गठबन्धनले एमालेलाई घेराबन्दीमा पारेर स्थानीय सत्ताबाट च्यूत गर्न सक्छ या फेरि एमालेले नै आफ्नो विरासत फर्काउला यीनै प्रश्नहरुको सेरोफेरोमा रहेर कावासोतीमा बहस सुरु हुन लागेको छ ।

नेकपा एमालेबाट वर्तमान नगर उपप्रमुख प्रेमशंकर मर्दनिया, कावासोती खानेपानीका पुर्व अध्यक्ष विष्णुप्रसाद भुसाल, शैक्षिक व्यक्तित्व भोजराज दाहाल, एमाले लेखा आयोग कि केन्द्रिय सदस्य पदमा जिसी लगाएतकाको नाम नगरप्रमुखको उम्मेदवारको रुपमा चर्चा चलिरहदा कम्युनिष्टहरु विभाजनको स्थितिमा रहेको र गठबन्धन हुने भए पछि नगर प्रमुख पदमा कांग्रेस भित्र भने आंकाक्षी धेरै देखिएका छन ।

कांग्रेसमा अघिल्लो निर्वाचनका नगरप्रमुख पदका प्रत्यासी उम्मेदवार एवं कांग्रेस जिल्ला सचिब महेन्द्र पोख्रेल, नेताहरु सुरज गुरुङ, कपिलदेव भुसाल, सरस्वती तिमिल्सिना, खगिसरा गुरुङ, ॠषि कंडेल, अमृतकुमार श्रेष्ठ, हेमप्रसाद पान्डे, दुर्गा रिजाल सहितका नेताहरुको नाम चर्चामा रहेको छ ।

राप्रपा लगाएतका दलहरुले केन्द्रिय स्तरबाटै एमाले सँग चुनावी तालमेलको प्रयास भएको भनिए पनि नवलपुरमा नेकपा एमाले को अन्य दलसँग चुनावी तालमेलको विषयमा छलफल नचलेको र तालमेल पनि नहुने एमाले नेताहरु बताउछ्न ।

कावासोतीमा पार्टी फुटको असर नहुने एमाले नेताहरुले दाबी गरिरहदा  गठबन्धनको बलमा कावासोती नगरको नेतृत्व आफ्नो पोल्टामा पार्ने गरेर अगाडि बढेको कांग्रेस नेताहरु बताउछ्न । अघिल्लो निर्वाचनमा ४४७ मतले नगर प्रमुख पद गुमाएको कांग्रेसलाई गठबन्धन भए जित हासिल गर्न सहज हुने कांग्रेस नेताहरुको दाबी रहेको छ ।

जिल्लामा गठबन्धन कुन मोडालिटिमा हुने र कसरी भागबन्डा तय गर्ने विषयले प्रवेश नगरे पनि कावासोतीको नगरप्रमुखमा कांग्रेसको दावी रहने कांग्रेस नेताहरु बताउछ्न । अघिल्लो निर्वाचनको मतपरिणाम अनुसार दोस्रो भएको कांग्रेसले कावसोतीमा नगरप्रमुख पद पाएमा उपप्रमुख पद तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले पाउन सक्ने देखिन्छ ।

गत स्थानीय तहको निर्वाचनमा कावासोती नगरपालिकाको प्रमुखमा नेकपा एमालेकी चन्द्रकुमारी पुन १३०४१ मत पाएर विजयी हुदाँ निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका महेन्द्रप्रसाद पोख्रेलले १२५९४ मत पाएका थिए भने उपप्रमुखमा नेकपा एमालकै प्रेमशंकर मर्दनियाले १३८१४ मत पाएर विजयी हुदाँ नेपाली कांग्रेसकी खगीसरा गुरुङ ११६९३ मतका साथ साथ उपविजेता बनेकी थिईन । १७ वडा रहेको कावासोती नगरपालिकामा ८ वटा वडाको वडा अध्यक्षमा नेपाली कांग्रेस, ८ वटा वडाको वडा अध्यक्षमा नेकपा एमाले र १ वटा वडाका् वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार ले जितेका थिए ।

 

प्रकाशित : २०७८ चैत २१ गते २१:२४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI