ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ चैत २९ गते ९:५४
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । बागलुङको निसिखोला गाउँपालिका–६ मा आज बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । परिचालक घाइते छन् ।

पूर्वी रुकुमको उत्तरगंगा गाउँपालिका–१३ का २४ वर्षीय सुरेन्द्र गुरुङको मृत्यु भएको हो । घाइते भएका परिचालक सोही ठाउँका २३ वर्षीय प्रचण्ड शेरचनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

गुरुङले चलाएको रा१त ४११६ नम्बरको ट्याक्टर बिहान करिब साढे ४ बजे अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जानकारी दिएको छ ।

प्रकाशित : २०७८ चैत २९ गते ९:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI