देवचुलीमा २९ जनाले फिर्ता लिए उम्मेदवारी

NAWALPUR TIMES
प्रकाशित : २०७९ वैशाख १६ गते २०:४२
देवचुलीमा २९ जनाले फिर्ता लिए उम्मेदवारी

नवलपुर । आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि शुक्रबार उम्मेदवारहरुलाई नाम फिर्ता लिने समय दिएको थियो । शुक्रबार बेलुकी ५ बजेसम्म दिएको समय अनुसार देवचुली नगरपालिकामा २९ जना उम्मेदवारहरुले नाम फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेमा देवचुलीको नगरप्रमुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दर्ता गराएकी कल्पना श्रेष्ठ र उप–प्रमुख पदका लागि उम्मेदवारी दर्ता गराएकी स्वतन्त्रबाट कञ्चन रेग्मी र प्रेमा कुमारी खनालले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

प्रकाशित : २०७९ वैशाख १६ गते २०:४२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI