गण्डकीको नीति तथा कार्यक्रम आज आउदैं

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ २४ गते ८:३२
गण्डकीको नीति तथा कार्यक्रम आज आउदैं

नवलपुर ।  गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम मंगलबार प्रस्तुत गर्दैछ ।

दिउँसो पौनै तीन बजे बस्ने प्रदेशसभा बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

प्रदेश सरकारले पाँचौंपटक नीति तथा कार्यक्रम ल्याउन लागेको भए पनि एमाले विभाजनपछि सत्तारुढ गठबन्धनको नेतृत्वमा बनेको सरकारले पहिलो पटक सदनमा नीति तथा कार्यक्रम पेस गर्न लागेको हो ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नजिकिँदै गरेको प्रदेश र संघको निर्वाचनलाई लक्षित गरिएको सत्तारुढ दलकै सांसदले बताएका छन् ।यता, प्रदेश सरकारले भने, कृषि, उत्पादन, रोजगारी र आत्मनिर्भरतालाई प्राथमिकतामा राखेको जनाएको छ । निर्माणाधीन अवस्थाका विकासे योजना, प्रदेश गौरवका आयोजनालाई पनि प्राथमिकतामा राखिएको स्रोतले जनाएको छ ।  बहुवर्षीय योजना जस्ता अघिल्लो सरकारका महत्त्वपूर्ण मानिएका कार्यक्रमलाई निरन्तरता दिन प्रतिपक्ष दल एमालेले दबाव दिएको बताईएको छ ।

“नीति तथा कार्यक्रमको तयारी पूरा भएको छ, मंगलबार बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बसेर मात्र अन्तिम निर्णय गर्नेछ,” मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले बताए ।

प्रकाशित : २०७९ जेठ २४ गते ८:३२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI