नवलपुर-२ मा गठबन्धनबाट कांग्रेसका कार्की उम्मेदवार , गैह्रेद्वारा उम्मेदवारी फिर्ता

NAWALPUR TIMES
प्रकाशित : २०७९ असोज २६ गते १३:०३
नवलपुर-२ मा गठबन्धनबाट कांग्रेसका कार्की उम्मेदवार , गैह्रेद्वारा उम्मेदवारी फिर्ता

कावासोती । नवलपुर प्रतिनिधि सभा क्षेत्र नं २ मा गठबन्धन तर्फबाट आधिकारिक उम्मेदवार नेपाली कांग्रेसका विष्णुकुमार कार्की हुने भएका छन ।

नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधी सभाका लागी उम्मेदवारी दिएका बालकृष्ण गैह्रेले आफ्नो उम्मेदवारी फिर्ता लिए सँगै कार्की गठबन्धन तर्फबाट आधिकारिक उम्मेदवार बन्ने भएका हुन ।

त्यसै गरि प्रदेश सभा तर्फ कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले उम्मेदवारी फिर्ता लिएर नेकपा माओवादी केन्द्रका सौगमकुमार सिरपालीलाई गठबन्धन तर्फबाट उम्मेदवार बनाउने कांग्रेस र माओवादी बिच सहमति भएको हो ।

दुई दल बीच सहमति भए पछि माओवादीका गैह र कांग्रेसका लामिछानेले मुख्य  निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिएका हुन ।

प्रकाशित : २०७९ असोज २६ गते १३:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI