माओवादी केन्द्रका नेता गैह्रेलाई थप उपचारका लागि चितवन पठाईने

NAWALPUR TIMES
प्रकाशित : २०७९ असोज २६ गते १८:२९
माओवादी केन्द्रका नेता गैह्रेलाई थप उपचारका लागि चितवन पठाईने

कावासोती । उम्मेदवारी फिर्ता गर्ने विषयमा निर्वाचन अधिकृतको कार्यालयमा गठबन्धन र एमाले कार्यकर्ता बिच धकेला धकेल हुने क्रममा लडेर घाइते भएका माओवादी केन्द्रका नेत बालकृष्ण गैह्रेलाई थप उपचारका लागी चितवन रिफर गरिएको छ ।

धकेलाधकेल हुँदा लडेका गैह्रेलाई कालिगण्डकी नारायणी सामुदायिक अस्पतालमा उपचारको लागि पुर्‍याईएको थियो । अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर छबिलाल थापाका अनुसार गैह्रेको रक्तचाप बढेको र चक्कर लाग्ने र वान्ता भैइरहकोले सिटि स्क्यानका लागि चितवन रिफर गरिएको हो । धकेलाधकेलको क्रममा लडेपछि भुईमा उनको टाउको बजारिएर टाउकोमा चोट लागेको हो ।

धकेला धकेलमा लडेका गैह्रेको टाउकोमा भित्री चोट लागेको र चोट कस्तो प्रकृतीको छ सिटिस्क्यान पछि थाहा हुने थापाले बताए ।

कांग्रेस र माओवादी केन्द्र बिच सहमति पश्चात प्रतिनिधि सभाको उम्मेदवारी फिर्ता लिन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका गैह्रेलाई समय सकिएको भन्दै एमाले कार्यकर्ताले रोक्ने प्रयास गरेका थिए । एमाले कार्यकर्ताले रोक्ने प्रयास गरे पछि गठबन्धन र एमाले कार्यकर्ता बिच हात हालाहालको स्थिति भएको थियो ।

 

प्रकाशित : २०७९ असोज २६ गते १८:२९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI