दाउन्नेमा अवरुद्ध सडक दुई तर्फी सन्चालनमा

NAWALPUR TIMES
प्रकाशित : २०७९ असोज २७ गते १०:१३
दाउन्नेमा अवरुद्ध सडक दुई तर्फी सन्चालनमा

कावासोती । पुर्व पश्चिम राजमार्गको पुर्वी नवलपुरको दाउन्नेमा पहिरोको कारणले अवरुद्ध सडक दुई तर्फी रुपमा सन्चालनमा आएको छ ।

लगातार केही दिन देखि परेको वर्षाले दाउन्ने बजारको तल्लो भागमा पहिरो गए पछि पुर्व पश्चिम राजमार्ग र बजारका घरहरुमा चिरा परेको जिल्ला परे पछि सडक अवरुद्ध भएको थियो ।

अवरुद्ध सडक बुधबार साँझ देखि एकतर्फी रुपमा सन्चालनमा आएपनि ठुला मालवाहक सवारीहरुलाई पुर्वमा दुम्किबास र पश्चिम बर्दघाटमा रोकिएको थियो । नेपाल प्रहरी र सडक विभागको सहकार्यमा रात भरमा सडकलाई दुई तर्फी सन्चालनमा आउने गरि तयार पारिएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनु भयो ।

दाउन्ने बजारको तल्लो भागमा पहिरो गए पछि पहाड तर्फको भागलाई खनेर बाटो चौडा बनाईएको प्रजिअ अधिकारीले बताउनु भयो । पहिरोको कारणले विस्थापित भएका ४ घर परिवारलाई गाउँपालिका सँगको समन्वयमा आश्रय स्थलमा राखिएको घिमिरेले बताउनु भयो ।

प्रकाशित : २०७९ असोज २७ गते १०:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI