सेपाकताक्रोको पुरुष डबल स्वर्णको लागी नेपाली सेना र प्रदेश १ खेल्दै

NAWALPUR TIMES
प्रकाशित : २०७९ असोज ३० गते ९:१५
सेपाकताक्रोको पुरुष डबल स्वर्णको लागी नेपाली सेना र प्रदेश १ खेल्दै
कावासोती । पुर्वी नवलपरासीको कावासोतीमा सन्चालन भई रहेको नवौं राष्ट्रिय खेलकुद अन्तगरत सेपाकताक्रो पुरुष  डबल तर्फ नेपाली सेना र  प्रदेश  नं १ स्वर्ण पदकका लागि भिडने भएका छ्न ।
विभागीय टिम नेपाली सेनाले गण्डकी प्रदेशलाई र प्रदेश नं १ले वाग्मती प्रदेशलाई पराजित गरेर फाईनलमा प्रवेश गरेका हुन ।
महिला र पुरुषको फरक फरक ३ वटा विधामा प्रतियोगिता हुने सेपाकताक्रो खेलमा प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी , कर्णाली,  सुदुरपश्चिम र नेपाली सेनाका ९८ खेलाडीले भाग लिएका छ्न ।
प्रकाशित : २०७९ असोज ३० गते ९:१५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI