कुस्ती खेलाडी घाईते

NAWALPUR TIMES
प्रकाशित : २०७९ असोज ३१ गते १४:५४
कुस्ती खेलाडी घाईते

कावासोती : पूर्वी नवलपरासीमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको कुस्ती खेलमा एक जना खेलाडी घाईते भएका छन ।

विभागिय टोली सशस्त्र प्रहरी रसुदुर पश्चिम प्रदेश बीचको खेलमा सुदुरपश्चिम प्रदेशबाट सहभागी भएकी कञ्चनपुर भिमदत्त नगरपालिका –१७ का खेलाडी २४ वर्षीय टिका चन्दको हात भाँचिएको हो ।

खेल्ने क्रममा हात भाचिएपछि उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर पठाईएको जिल्ला खेलकुद विकास समिति पुर्वी नवलपरासीका कार्यालय प्रमुख विष्णुलाल श्रेष्ठले बताउनु भयो ।

गत असोज २९ गते देखि पूर्वी नवलपरासीमा कुस्ती र सेपाकताक्रो खेल प्रतियोगिता जारी छ ।

कुस्तीमा महिला र पुरुषतर्फ गरि विभिन्न तौल समूहमा खेलहरु जारी रहेका छन् । प्रतियोगितामा ५९ जना महिला र पुरुष ९१ जना गरि १ सय ५० खेलाडी सहभागि रहेका छन् । खेल कावासोती–१६ मा रहेको थारु राष्ट्रिय संग्रहालयको हलमा जारी छ । तीन विभागिय टिम सशस्त्र, आर्मी, पुलिस साथै ७ वटा प्रदेश गरि १० वटा टिमको प्रतियोगितामा सहभागिता रहेको छ । जारी प्रतियोगिताको विभिन्न तौल समूह अन्र्तगत आजदेखि पदकको छिनोफानो शुरु हुनेछ ।

महिला र पुरुषको फरक फरक ३ वटा विधामा प्रतियोगिता हुने सेपाकताक्रो खेलमा प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी , कर्णाली, सुदुरपश्चिम र नेपाली सेनाका ९८ खेलाडीले भाग लिएका छ्न । सेपाकताक्रो को पुरुष र महिला डबल तर्फको दुवै स्वर्ण विभागिय टिम नेपाली सेनाले हात पारेको छ ।

प्रकाशित : २०७९ असोज ३१ गते १४:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI