सेपाकताक्रोमा ५ स्वर्ण सहित आर्मीको वर्चस्व

NAWALPUR TIMES
प्रकाशित : २०७९ कार्तिक २ गते १२:१३
सेपाकताक्रोमा ५ स्वर्ण सहित आर्मीको वर्चस्व

कावासोती :  पुर्वी नवलपरासीको कावासोतीमा सन्चालन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको सेपाकताक्रोको तीन वटै विधाको ६ स्वर्ण मध्य ५ स्वर्ण विभागिय टिम आर्मीले जितेको छ ।

बुधबार सम्पन्न पुरुष रेगु तर्फको फाईनलमा विभागीय टोलि आर्मीले गण्डकीलाईलाई २–१ को सेटमा हराउदै स्वर्ण हात पारेको हो ।

आर्मीका लागि सन्जित धिमाल, सुर्य चौधरी, उमेश महतो, दिपेश जंग थापा रोशन तामाङ्गको समुहले स्वर्ण जितेका हुन ।
विभागीय टिम आर्मीले यो सँगै सेपाकताक्रोको डबल, रेगु र क्वार्ड विधाको महिला तर्फको तीन वटै र डबल विधाको पुरुष तर्फको १ स्वर्ण र रेगु विधाको पुरुष तर्फ १ स्वर्ण गरि ५ स्वर्ण जितेको हो ।

पुर्वी नवलपरासीको कावासोतीमा रहेको योङ्गस्टार क्लबको कर्भडहलमा सन्चालन भएको महिला र पुरुषको फरक फरक ३ वटा विधामा प्रतियोगितामा प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी , कर्णाली, सुदुरपश्चिम र नेपाली सेनाका ९८ खेलाडीले भाग लिएका थिए ।

प्रकाशित : २०७९ कार्तिक २ गते १२:१३

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI